बेन्जिमालाई एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवाना, कारण यस्तो

काठमाडौं । फ्रान्स तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवाना तोकेको छ । उनलाई सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा दोषी ठहर गर्दे उक्त सजाए सुनाएको हो ।

म्याथ्यू भाल्बुएना लगायतका खेलाडीलाई ब्लाकमेल गरेको र उनीसँग रकम असुली गर्ने प्रयास गरेको आरोपमा बेन्जिमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।

सन् २०१५ मा दुबै खेलाडी फ्रान्स टिमको अभ्यासका क्रममा रहँदा उक्त घटना भएको थियो ।

बेन्जिमाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । त्यो घटनापछि फ्रान्सको राष्ट्रिय टोलीबाट समेत बाहिर भएका बेन्जिमाले हालै मात्र पुनरागमन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स