कर्जामा विस्तारमा आत्मबल गुम्दा बैंकिङ क्षेत्र बिग्रने त्रास

काठमाडौं । बैंकहरुको कर्जा प्रवाहको वृद्धिदर कमजोर छ । कर्जा प्रवाह हुन नसक्दा तरलता व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले अहिले हरेक हप्ता पैसा खिचिरहेको छ ।

बैंकहरुको कर्जा प्रवाह नभएको हो वा नगरिएको हो, यो विषय अहिले बहसमा समेत छ ।
वित्तिय क्षेत्रका व्यक्तिहरुबाट भने दुई तर्फी कोणबाट नै विश्लेषण आउने गरेको देखिन्छ । बैंक अर्थात् संस्था जोगाउने हो भने अहिले कर्जा प्रवाह रोक्नुपर्छ । त्यहि कारणले रोकिएको हो भन्ने प्रमुख तर्क रहेको छ ।

त्यस्तै गरि यसलाई चिर्ने अर्को तर्क भने कर्जाको माग नै नरहेको भन्ने छ । बैंकसँग लगानी योग्य पुँजी प्रशस्त हुँदा हुँदै पनि कर्जा माग नै नआएको भन्ने दोस्रो तर्क पनि त्यतिकै उठिरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा ५३ खर्ब ५७ अर्ब रुपैयाँ बैंकको लगानी भएको देखिन्छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा कर्जा विस्तार केहि बढेपनि उत्साहपूर्ण अवस्था भने हैन । हालसम्म बैंकमा करिव ५९ खर्ब ५४ रुपैयाँ निक्षेप छ । अहिलेको सीडी रेसियोले करिव ६ खर्ब रुपैयाँ लगानी योग्य रकम रहेको देखिन्छ नै ।

यसरी कर्जा नबढ्नुको कारण बैंकको निष्क्रिय कर्जा (एनपीएल) पनि प्रमुख कारण रहेको पूर्व बैंकर भुवन दाहाल बताउँछन् ।

उनी भन्छन, ‘अहिले बैंकहरुको एनपीएल १० प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ । तर पनि डराउनु पर्ने अवस्था छैन । एकाध लोन बाहेक नेपाली बैंकका लोनहरू सबै धितोमा आधारित छन् ।’

एनपीएलको आँकडा नै हेरेर ऋण प्रवाह नै रोक्नुपर्ने अवस्था भने आइनसकेको उनको भनाइ छ ।
यद्यपि अहिलेको तरलता तथा यो विवरण नियाल्दा पछिल्लो २/३ वर्षदेखि अर्थतन्त्र समेत मूल्याङ्कन गर्नुपर्ने स्थिति भने देखिन्छ ।

अर्थतन्त्र चलायमान हुन नसकेको कारण लगानी गर्नेहरुको आत्मबल नै माथि आउन नसकेको भनाइ बैंकिङ क्षेत्रबाट आइरहेको छ ।

पछिल्लो समय नेपालको अर्थतन्त्रमा वस्तु खपत नभइरहँदा उद्योगी व्यवसायी त तनावमा छन् नै पछिल्लो समय बैंकरहरू पनि ठूलो तनावमा देखिन्छन् ।

प्रथम विषय दिएको कर्जा उठाउन नसक्नु र अर्को ऋण लागनी गर्न नसक्नु । ऋण नउठाई कर्जा प्रदान गर्दा सिधै राष्ट्र बैंकको निगरानीमा पर्ने सम्मको डर बैंकहरुलाई देखिन्छ ।
अर्थात् उनीको आत्मबल कमजोर भएको देखिन्छ ।

पछिल्लो समय नियामकीय निकाय नेपाल राष्ट्र बैंकले केहि निष्क्रिय कर्जा बढिरहेको बैंकहरुलाई पत्र समेत काट्न थालेको देखिन्छ ।

पछिल्लो घटनाक्रम हेर्ने हो भने निष्क्रिय कर्जा (एनपीएल) केहि मात्रामा धेरै भएका बैंकहरुलाई पत्र नै काटको सूचना बाहिरसकेको छ ।

राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रत घोषणा किन नगर्ने भन्दै केहि क्षेत्रीय स्तरको बैंकलाई पत्र नै काटिसकको भन्ने सूचना आएको हो ।

यसले धेरै बैंकहरु डरमा परिसकेका छन् । यो  चिन्ताको विषय नै बनेको छ ।
अर्थतन्त्र नै कमजोर भएको अवस्थामा बैंकले भने कसरी राम्रो प्रगति गर्ने हो ? यसमा बैंकहरुलाई पनि पुर्नतालिकीकरण तथा कर्जाको पुनसंचारनाको व्यवस्थालाई थप गर्नुपर्ने आवश्यकता माग भएको छ र अर्थतन्त्र रिकभरीतर्फ डोर्याउनुपर्ने अवस्था छ ।

दाहल भन्छन, ‘बैंकहरूले दिएको लोनको पुनर्संरचना र पुन तालिकीकरण समेत गर्दा बैंकह–को खराब कर्जा (एनपीएल) १० प्रतिशतको हाराहारीम पुग्न सक्छ भन्ने मेरो पनि बुझाइ हो  ।’

बैंकहरूले ५ प्रतिशत त लोन लसको लागि प्रोभिजिन नै गरिसकेको अवस्था छ । १२ प्रतिशत क्यापिटल एडुकेशी रेसियो कायम गरेका छन् । निर्माण क्षेत्र बाहेक अन्य लोनमा त्यति धेरै समस्या देखिदैन । यो क्षेत्रको लोनले एनपीएलमा प्रेसर भने गरेको उनले बताए ।

विश्वको ट्रेण्ड हेर्दा नेपालको अर्थतन्त्र चलायमान नभएको अवस्थामा समेत खराब कर्जा धेरै नेगेटिभ भने देखिएको छैन ।
पछिल्लो प्रकाशित तथ्यांक अनुसार चीनको एनपीएल १.५५ प्रतिशत, भुटानको ३.४०, माल्दिभ्सको ७.५७, श्रीलंकाको १३.७५, पाकिस्तानको ६.५०, बेलायतको १ प्रतिशत, भारत १.७२ प्रतिशत, अमेरिका ०.८९ प्रतिशत रहेको अवस्था छ । नेपालको ४.२४ प्रतिशत रहेको छ । यो तथ्यांकले तुलनामा निकै कमजोर स्थितिको भने होइन ।

तर, पनि नेपालमा आम मानिसमै पुग्ने गरि बैंकको खराब कर्जा सोचिएको भन्दा धेरै छ भन्दै तथा यसलाई नै केन्द्रिकृत गर्दै बहस गर्ने विषय वस्तु बनाउनु खोजिएको छ । जुन अर्थतन्त्रको आगामी दिनलाई नराम्रो गर्न सक्ने विश्लेषण भैरहेको छ ।
यसले बैंकले आगामी योजना बनाउनुको सट्टामा कर्जा उठाउने र चुप लागेको बस्ने तर्फ बैंकहरु बाध्य बनाइरहेको छ ।
बैंकका सीईओहरू कार्यालय भएका बेला ऋणीहरूको लामो लिष्ट बोकेर फोन गर्न व्यस्त हुन्छन् भने फिल्डमा भएका बेला आफै ऋणीलाई भटेर कर्जा तिर्न आग्रह गर्छन् ।

ऋणीलाई लक्षित गरी बैंकको सम्पूर्ण टिमनै कर्जा रिकभरीको लागि देश दौडाहमा जुटेका छन् । यसले अर्थतन्त्र चलायमान बनाउनुको सट्टा झनै खुम्चिन मद्दत गरिरहेको प्रष्ट हुन्छ ।

कर्जा उठाउन प्रेसरमा रहेका बैंकका कर्मचारी कर्जा उठाउन फिल्डमा पुग्दा फेरि हातपात हुन थालेको छ । गत वर्ष एनआईसी एशिया बैंकका कर्मचारीलाई कालोमोसो दलिएको थियो भने यस वर्ष कुमारी बैंकको कर्मचारी कुटिएको समाचार बाहिरिएको छ ।

एकातिर कर्जा उठाउन गएका कर्मचारी कुटिने अर्कोतिर बैंकमा लगानी योग्य पुँजी थन्किएर बस्ने । यो अहिलेको बैंकहरुको वास्तविक पीडा बनेको देखिन्छ ।

बैंकले खराब कर्जाको प्रोभिजनमाा मात्रै बैंकहरूले ३१ अर्ब ३६ करोड रुपैयाँ छुट्याइएको छ ।
यसले गर्दा समग्रमा बैंकहरु बलियो नै अवस्थामा छन् । तर पनि बैंकहरुको मनोबल कमजोर गराउने अवस्था भने सिर्जना भएको देखिन्छ ।

सर्वसाधारणसम्म बैंकहरु कमजोर भैसकेकेको भन्ने विषय जानु समग्र अर्थतन्त्रको लागि पनि घातक देखिन्छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालापनि अहिले लगानीको मामलामा बैंकहरूको आत्मविश्वास कमजोर भएको अवस्था रहेको बताउँछन् ।

उनी भन्छन् , ‘ अहिले बैंकको अवस्था कमजोर त हैन तर पनि अप्ठ्यारो अवस्था  छ। अब बैंकहरूको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भएपछि त्यसलाई विश्लेषण गरेर अघि बढ्ने छौं ।’

यो अवस्थालाई सुधार गर्ने तथा आत्मविश्वासमा अघि बढाउने ठाउँ भने राष्ट्र बैंकको नीतिबाट नै हो ।
हुन त नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत गरेका छन् । अपेक्षा अनुसार नभए पनि सुधार आएको बताएका हुन् ।

‘पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति हुन सकेको छैन’, गर्भनर अधिकारी भन्छन्, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स