घरजग्गामा बैंकको २ खर्ब ७७ अर्ब लगानी, कुन बैंकको कति ?

काठमाडौं । बैंकहरुको घरजग्गामा लगानी बढेको छ । हालसम्म बैंकहरुको घरजग्गामा २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको लगानी देखिएको हो ।

चालू आर्थिक वर्षको ५ महिनाको तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । जस अनुसार बैंक तथा वित्तिय संस्थाको घर जग्गामा लगानी वृद्धि भएको देखिएको हो ।

एक महिना अवधीमै करिव ९ अर्ब लगानी वृद्धि भएको देखिएको हो ।

कात्तिक मसान्त सम्ममा २ खर्ब ६८ अर्ब रुपैयाँ घरजग्गामा ऋण प्रवाह भएको देखिएकोमा मंसिर मसाान्तसम्ममा २ खर्ब ७७ अर्ब रुपैयाँ प्रवाह भएको देखिएको हो ।

एक महिना अवधीमा ३ दशमलव १६ प्रतिशतले घर जग्गाको ऋण वृद्धि भएको देखिएको हो ।
वाणिज्य बैंकहरुको २ खर्ब ३४ अर्ब रुपैयाँ देखिएको हो ।

वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै घरजग्गा कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेष्मेन्ट मेगा बैंक रहेको छ । उक्त बैंकको २४ अर्ब ८२ करोड देखिएको छ ।

कुन बैंकको कति ?
नेपाल बैंकको १३ अर्ब ९२ करोड, राष्ट्रिय वाणिज्य बैंकको ९ अर्ब ८३ करोड , नबिल बैंकको २४ अर्ब ६ करोड, नेपाल इभेष्टमेन्ट मेगा २४ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै गरि स्ट्याण्र्डर्ड चार्डड बैंकको ८३ करोड रुपैयाँ , हिमालयन बैंक १३ अर्ब २७ करोड, नेपाल एसबीआई बैंकको ४ अर्ब ७५ करोड , एभरेष्ट बैंकको ६ अर्ब ६७ करोड , एनआइसी एशिया बैंकको २ अर्ब ६७ करोड माछापुच्छ्रे बैंकको १ अर्ब ६४ करोड, कुमारी बैंकको १० अर्ब ८१ करोड, लक्ष्मी सनराइज बैंकको १५ अर्ब १६ करोड, सिद्धार्थ बैंकको ४ अर्ब ४९ करोड, कृषि विकास बैंक, १ अर्ब ८८ करोड कर्जा प्रवाह भएको छ ।

ग्लोबल आइएमई बैकको १७ अर्ब १२ करोड, सिटिजन्स बैंकको ४ अर्ब १४ करोड, प्राइम बैंकको २० अर्ब २० करोड, एनएमबी कैंकको ५ अर्ब १९ करोड, प्रभु १५ अर्ब ४१ करोड, सानिमा बैंक ५ अर्ब ५० करोड रुपैयाँ घर जग्गा कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ । ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स