काठमाडौं । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको कार्यान्वयनमा पहिलो नम्बरमा पर्ने अठोट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ । चालू आर्थिक वर्षको ६ महिना अवधीको समिक्षा गर्दै आगामाी दिनमा आक्रमक हुने अठोट गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालु आर्थिक वर्ष २०८१\०८२को बजेट कार्यान्वयनका सम्बन्धमा हालसम्मको अवस्थाबारे छलफल सम्पन्न भएको छ । जसमा बजेट कार्यन्वयनमा विषयलाई निकै मध्येजनजर गरिएको छ ।
मन्त्री दामोदर भण्डारीको उपस्थितिमा भएको छलफलमा मन्त्रालयका सचिवद्वय कृष्णबहादुर राउत र गोविन्द बहादुर कार्की, महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
छलफलका क्रममा हालसम्म मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दै बजेट तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा देखा परेका समस्या यथाशीघ्र निराकरण गरी बजेट तथा कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मन्त्री भण्डारीले निर्देशन दिए ।
उनले हालसम्मको कार्य प्रगतिको रिपोटिंग पेस गरेका महाशाखा प्रमुख र विभागीय प्रमुखहरूलाई कार्य सम्पादन द्रुत गतिमा अघि बढाई कामको शत प्रतिशत परिणाम दिने गरी काम निर्देशित दिएका हुन् ।