दुई कम्पनीलाई आईपीओ निष्काशनका लागि बोर्डको अनुमति, कसले कति जारी गर्दैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले माघ ३ गते ओम मेगाश्री फार्मास्युटिकल्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।

जसमा ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीले १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

योसँगै, ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनी आईपीओ निष्काशन गर्ने पहिलो औषधि कम्पनी भएको छ ।

त्यस्तै, बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका २२ करोड ५० लाख रुपैयाँ दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स