करिब ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १७ लाख ३५ हजार कित्ता सेयर ५ अर्ब ९२ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिन्धु विकास बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड १८ लाख, सानिमा मिडल तमोर हाइड्रोपावरको १४ करोड ४२ लाख , जानकी फाइनान्सको १३ करोड ३३ लाख, नेपाल फाइनान्सको १३ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स