काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना अवधीमा ३ सय ५४ वटा उद्योग तथा कम्पनीमा लगानी गर्ने इच्छा व्यक्त गर्दै विदेशी लगानीकर्ताहरु दर्ताको प्रक्रियामा आएका छन् ।
उद्योग विभागका अनुसार ती दर्ता भएका उद्योगहरुले २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार ४ सय लगानीको प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रत्यक्ष विदेशी लगानी गर्न इच्छा देखाउने मध्ये अटोमेटिक रुटबाट २ सय वटा आएका छन्भने विभागमै दर्ताको प्रक्रियामा आउने १ सय ५४ वटा रहेका छन् ।
त्यस्तै पौष महिनामा मात्र ३५ वटा कम्पनीहरु दर्ता भएका थिए भने ४ अर्ब ९९ करोड ९१ लाख २५ हजार लगानीको प्रतिवद्धता भएको थियो ।
साउन देखि पुससम्मका १० हजार २ सय ४४ ले रोजगार प्रतिवद्धता छ भने पुस महिनामा मात्र १ हजार ७१ जना लाई रोजगारीको प्रतिवद्धता रहेको उद्योग विभागको सार्बजनिक गरेको तंथ्याकले देखाएको छ ।