भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना

काठमाडौं । भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । खानको बान्द्रास्थित घरमा गए राति एक अज्ञात व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेको हो ।

घाइते सैफलाई लीलावती अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ । उनको उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए । त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स