सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

बैंकको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि आवेदन दिंदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा निवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स