काठमाडौं । निर्माण व्यवसायीहरु चरणवद्ध आन्दोलनमा जाने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
महासंघले आज पत्रकार सम्मेलन गरि लामो समयदेखि निर्माण व्यवसायीले सरकारसँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी गर्ने भएको हो ।
निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको छ ।
साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको उनले जानाकारी दिए ।