करिब ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७ लाख ४६ हजार कित्ता सेयर ५ अर्ब ८२ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सुपर मदी हाइड्रोपावरको ३० करोड ८८ लाख, सिन्धु विकास बैंकको १९ करोड ८४ लाख , पीपल्स् हाइड्रोपावरको १८ करोड ४ लाख, रिभर फल्स्को १७ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स