काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ५५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय २० रुपैयाँ कायम आज १० रूपैयाँले बढेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।