नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले सभा माघ २८ गते सोमबार वीरगन्जमा गर्नेभएको हो ।

यस अघि नै कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ । उक्र प्रस्ताव साधारण सभाबाट पारित गराउने छ । सभामा कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका पेश हुनेछन् ।

लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स