काठमाडौं । सिटिजन्स बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको राम्रो प्रयोग गर्नेमा पर्छ । आफ्नो सेवालाई डिजिटल प्रणालीबाटै प्रदान गरुम् भन्ने सोच यस बैंकको देखिन्छ नै ।
ग्राहकलाई राम्रो र गुणस्तरीय सेवा दिने पहिचान बनाएको यस बैंकले धेरै सुविधा आफ्नो मोबाइल एपबाट नै प्रदान गर्न लागिसकेको छ ।
सिटिजन्स बैंकको ग्राहक हुनुहुन्छ र हातमा स्मार्टफोन छ भने धेरै काम मोबाइलबाटै हुन्छ ।
प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा परिवर्तन आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था गरिसकेको छ ।
मानिसले आफ्नो आवश्यकता अनुसार गुगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरेर प्रयोग गर्छौं ।
त्यस्तैगरि सिटिजन्स स्मार्ट डाउनलोड गरेर यस बैंकको सुविधा प्रयोग गर्न सकिन्छ नै ।
मर्चेन्ट बैंकमा गएर घण्टौ लाइन बस्नु पर्ने बाध्यता अन्त्य सिटिजन्स स्मार्टले गराइदिएको छ ।
सेयर भर्नको लागि लाइन बस्नु पर्दैन । यो सुविधासँगै बैंकको मोबाइल बैंकिङमार्फत ग्राहकले सिधै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ), फरदर पब्लिक अफरिङ (एफपीओ) तथा हकप्रद सेयर (राइट सेयर) का लागि आवेदन दिन र सीआरएन नम्बरका लागि आवेदन दिन सक्नेछन् ।
सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले यस्तो सुविधा ल्याएको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक यस्तो सुविधा ल्याइएको हो ।
एपमार्फत ग्राहकहरूले सिधै आईपीओ\एफपीओ\राइट सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ । कारोबार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्नेछन् ।
आईपीओ\एफपीओ\राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्ध भएपश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था मिलाएको छ । बैंकले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत उक्त सेवा लिन सकिने व्यवस्था मिलाएको हो ।
आईपीओ\एफपीओ\हकप्रद सेयर खरिद गर्दा भेरिफिकेसन वा रिजेक्सन लगायत कारोबारको जानकारी एप मार्फत रियल टाइममा नै प्राप्त गर्नेछन् । यसको रियल टाइम सुविधाले ग्राहकलाई बैंकका शाखा कार्यलयमा नगई सहज र झन्झट मुक्त कारोबार गर्न सहज हुने बैंकले विश्वास गरेको छ ।
हालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ’सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो ।
सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आइपीओ÷एफपीओ÷राइट सेयरलगायतका लागि आवेदन दिन सक्ने छन् ।
सीआरएन नम्बरको लागि समेत आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्छ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउन बैंकले जानकारी दिएको छ ।