साढे ६ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३८ लाख ७० हजार कित्ता सेयर ६ अर्ब ६५ करोड ८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४५ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख, हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख , सिन्धु विकास बैंकको १३ करोड ३३ लाख, सानिमा मिडल तामोरको १२ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स