काठमाडौं । माघ महिनाको लागि बैंकहरुले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको ब्याजदर अनुसार दुई बैंकको मात्रै ब्याजदर घटेको हो ।
अधिकांश बैंकहरुले पुस महिनाकै ब्याजदरलाई कायम राखेको पाइएको छ ।
कृषि विकास बैंक र नेपाल एसबीआई बैंकको मात्रै ब्याजदर थोरै गिरावट भएको सार्वजनिक विवरणले देखाएको छ ।
कृषि विकास बैंकको पुस महिनामा ५.५७ प्रतिशत रहेकोमा माघ महिनाको लागि ५.५१ प्रतिशत तोकिएको हो ।
एसबीआई बैंकको पुस महिनामा ६ प्रतिशत ब्याजदर रहेकोमा माघ महिनाको लागि ५.५ प्रतिशत तोकिएको हो ।
निक्षेप दरले आधारदरमा प्रभाव पार्छ । जसकारण कर्जाको ब्याजदर समेत घट्न मद्यत गर्छ । कर्जा प्रदान गर्दा आधारदरमा प्रिमियमदर जोडिन्छ । प्रिमियमदर कर्जाको प्रकृति र बैंक हेरेर फरक पर्छ । आधारदर कम हुने बैंकको कर्जाको ब्याजदर सस्तो पर्न जान्छ । चालू आर्थिक वर्ष सुरु भएदेखि नै ब्याजदर घट्न थालेको थियो । अहिले पनि न्यून रुपमै देखिन्छ ।
कुन बैंकको निक्षेपको ब्याजदर कति प्रतिशत ?
स्ट्यान्डर्ड चार्टर्ड ६.२५
नेपाल एसबिआई ५.५
एभरेस्ट ६
नबिल ५.७५
हिमालयन ६.२५
एनएमबि ६.६
कुमारी ५.९१
नेपाल बैंक ५.६
कृषि विकास बैंक ५.५१
प्रभु ६.१
सानिमा ६.०५
प्राइम कमर्सियल ६.२५
लक्ष्मी सनराइज ५.७५
एनआइसी एसिया ६.६
राष्ट्रिय वाणिज्य बैंक ६
माछापुच्छ्रे ६
इन्भेष्टमेन्ट मेगा ६.५
सिद्धार्थ ६
ग्लोबल आईएमई ५.७५
सिटिजन्स ५.६५