सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २८ गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज
कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ०८ करोड ९९ लाख ८० हजार १८५ रूपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रूपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृती पश्चात्जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल , दिनेश शंकर पालिखेर बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिब्ग्स प्रा.लि. र श्रीे भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स