मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाबाट आ.व. २०८०/८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्सको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी , रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम, गरि ४ (चार) जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन् ।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएको छ ।

मञ्जुश्री फाइनान्सले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रहि २७ वटा शाखा तथा एक विस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स