कुमारी बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा माघ २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स