मारवाडी सेवा समितिसंग भाडा सम्झौता गरी पसल गर्नेको पक्षमा अदालतको फैसला

काठमाडौं । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समितिसँग सम्झौता गरि पसल गर्नेहरुको पक्षमा अदालतको फैसला आएको छ ।

उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समितिसंग भाडा सम्झौता गरी बस्दै आएको एसिएन ट्राभल्स एण्ड टुर्स प्रा।लि।लाई आफ्नो व्यापार व्यवसाय जारी राख्ने गरी अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलाशले उक्त आदेश दिएको हो ।
निवेदक एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिका तर्फबाट वरिष्ठ अधिवक्ता, रमेश कुमार बस्नेत र बिपक्षी काठमाडौ महानगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्यालले बहस गरेका थिए ।

मारवाडी सेवा समिति नेपाल बिरुद्ध पशुपति क्षेत्र विकास कोषसमेत भएको रिट निवेदनमा यसै अदालतबाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारवाहिबाट निवेदकलाई नरोक्नु भनि मंसिर १३ गते आदेश भएको र रिट निवेदनमा निवेदकहरुले मारवाडी सेवा समितिसंग सम्झौतागरी भाडामा लिई व्यापार व्यवसाय गरेको भन्ने देखिएकाले सुविधा सन्तुलनका दृष्टिकोणले उक्त रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म व्यापार व्यवसाय गर्ने कार्यमा कुनै अवरोध नगर्नु नगराउनु भनि आदेशमा भनिएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स