नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र नेपाल बैंकका ग्राहकहरुलाई टिकट (बुद्व एयर अफिस काउन्टर) शुल्कमा ८ प्रतिशत र नेपाल बैंकडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएकोे छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिस का विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स