काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ । प्राधिकरणमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने मन्त्रालयले आवेदन खुलाएको हो।
अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको हुनुपर्नेछ ।
साथै फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको लगायतका योग्यता भएको हुनुपर्नेछ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन्।