काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ उच्च मूल्यमै स्थिर रहेको छ । अमेरिकी डलर उच्च मूल्यमा स्थिर रहँदा अस्ट्रेलियन डलर, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य भने आज घटेको छ । कुवेती, बहराइन दिनारसहित केही मुद्रा भने आज महँगिएका छन्।
बहराइन र कुवेती दिनारको मूल्य हिजो पनि बढेको थियो। राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा छ। अमेरिकी डलरको यो कारोबार भाउ अहिलेसम्मकै उच्च मूल्य हो। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
युरो एकको खरिदर एक सय ४१ रुपैया १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।
आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९३ र बिक्रीदर ८५ रुपैयाँ ३० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०७ र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा थियो।
आज कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ३८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा थियो।