दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले घटेर ५१५.४८ विन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीका सेयर ५३ हजार ७६७ पटक कारोबार भएको छ । ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज अन्य उपसमूह बाहेक बाँकी उपसमूह घटेका छन् ।

आज मानुषी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइसीएफसी फाइनान्स, नबिल प्रगति फण्ड र नारायणी डेभलपमेण्ड बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स