अब ‘एनआइबिएल सहभागिता फण्ड’को इकाई खरिदको भुक्तानी इसेवाबाट गर्न सकिने

काठमाडौं । एनआईबिएल एस क्यापिटलको ‘एनआइबिएल सहभागिता फण्ड’को इकाई खरिदको भुक्तानी अब इसेवाको माध्यमबाट पनि गर्न सकिने भएको छ । कम्पनीले सोमबारबाट लागु हुने गरी उक्त सेवाको सुरुवात गरेको हो ।

एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कम्पनीले कनेक्ट आइपिएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इ बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

एनआईबिएल एस क्यापिटल नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स