नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई सुनैना हस्पिटलमा विशेष छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटल प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने कन्सल्टेशन शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने cysr
Removal, SICS + PCIOL, SICS+PCIOL with EC+Yellow, PHACO with foldable lens yellow/yellow-H/, PHACO with foldable HOYA IOL lens, PHACO with foldable-LCON IOL lens, Trabeculectomy, TRAB+SICS+PCIOL combined, DCR with tube, Pterygium with autograft TA, Corneal Repair, Evisceration, Chalazion fl & Cl, STYE [& D], YAG capsulotomymy, YAG Pl, LID Repair, Trasorrhaphy,Conjuctival Repair, Entropion/Ectropion correction, DCT, Bandage contact lens जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स