काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ५१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ६५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।