माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ५५ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।

बैंकले संस्थापक सेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

बैंकले यसअघि नै उक्त सेयर संस्थापक सेयरधनीलाई खरिद आह्वान गरिसकेको छ। तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति, संघसंस्था वा कम्पनीले आवश्यक कागजात सहित ७ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारास्थित बाघ दरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा बुझाउनु पर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स