विद्युत प्राधिकरणका कर्मचारीलाई जिरो डाउन पेमेन्टमा प्योर इभीका स्कुटर

काठमाडौं । नेपालका लागि प्योर इभीको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्सले विद्युत प्राधिकरणका कर्मचारीलाई जिरो डाउन पेमेन्टमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने भएको छ ।

नेपालमा विद्युतको माग भन्दा आपूर्ती बढेसँगै प्राधिकरण विद्युतको खपत बढाउन प्रयासरत छ । यस्तोमा प्राधिकरणले आफ्ना कर्मचारीलाई विद्युतीय सवारी खरिद गर्न कर्जाको व्यवस्था गरेको छ ।

विद्युत प्राधिकरणले कर्मचारीलाई दिएको सुविधालाई मध्य नजर गर्दै ह्वाइट ह्वाइट लोटस मोटर्सले जिरो डाउन पेमेन्टमा स्कुटर उपलब्ध गराउने योजना ल्याएको कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्कीले जानकारी दिए ।

‘विद्युत प्राधिकरणका कर्मचारीका लागि अफर ल्याएका छौं । विद्युत प्राधिकरण आफैमा विद्युत उत्पादन तथा बिक्री वितरण गर्ने निकाय हो,’ प्रबन्ध निर्देशक खड्कीले भने, ‘इलेक्ट्रिक सवारी बिक्रेताको नाताले पनि विद्युत खपत बढाउन हामीले पनि योग्दान गर्नुपर्छ ।’

प्योर इभीको स्कुटर खरिद गर्न प्राधिकरणको कर्मचारीले कम्पनीको कोटेसन आफू कार्यरत कार्यालयबाट स्वीकृत गराउन पर्छ । कार्यालयले उक्त कोटेसन स्वीकृत गरेपछि कम्पनीले कर्मचारीको घरमै प्योर इभीका स्कुटर डेलिभरी गरिदिनेछ ।
यो अफर कम्पनीले बिक्री गर्दै आइरहेको इलेक्ट्रिक साइकलमा पनि उपलब्ध रहेको उनले बताए ।

ह्वाइट लोटस मोटर्ससँग प्योर इभी इन्ट्रान्स प्लस, प्योर इभी नियो इन्ट्रान्स र प्योर इभी ईप्लोटो ७जी स्कुटर छ । कम्पनीसँग अटोनिक्सका ४ इलेक्ट्रिक साइकल पनि छ । अटोनिक्स गो ३एक्स, अटोनिक्स गो, अटोनिक्स भोल्टीक र अटोनिक्स रेम्बो रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स