काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नाडेप लघुवित्तको ४.०१%, उपकार लघुवित्तको ४%, निफ्राको ३.३२%, रसुवागढी हाइड्रोपावरको ३.१०%, मेगा म्यूचल फण्डको ३.०९%, नेपाल रि इन्स्योरेन्सको २.८८%, कुमारी इक्विटी फण्डको २.८२%, हिमालयन पावरको २.८१%, एनआईसी एसिया डिबेन्चरको १.९९%, नेपाल ल्युब आयलको १.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।