काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छिन् ।
कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।
उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल ४ महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।