काठमाडौं । आज शनिबार पनि अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बनेको छ । हिजोको भन्दा आज फेरि अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो बनेको हो। विगत केही समययता अमेरिकी डलर लगातार महँगिरहेको छ ।
आज कुवेती दिनारको मूल्य पनि उल्लेख्य वृद्धि भएको छ। युरो, पाउन्ड र बहराइन दिनार पनि महँगिएका छन्। राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ।
अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा थियो।
आज युरो एकको खरिदर एक सय ४२ रुपैया ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ५८ र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा छ। हिजो पनि अस्ट्रेलियन डलरको कारोबार मूल्य यही थियो। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ६३ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ २४ पैसा थियो।