सिटिजन्स बैंकको कमलादीमा प्रिभिलेज बैंकिङ सेवा सुरु

काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादीमा प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको हो ।

ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

यसअघि नारायणहिटी पथमा रहेको प्रधान कार्यालयको प्रिभिलेज काउन्टरबाट बैंकले आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स