नेपाल बंगलादेश बैंकको अध्यक्षमा चार वर्षका लागि दोहोरिए एआरएम नजमुस गभर्नरबाट लिए शपथ

काठमाडौं । नेपाल बंगलादेश बैंकको अध्यक्षमा एआरएम नजमुस शकिब दोहोरिएका छन् । बैंकको नव निर्वाचित संचालक समिति बैठकले शकिबलाई नै आगामी ४ वर्षे कार्यकालका लागि चयन गरेको हो ।

अध्यक्ष शकिबलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार मंसिर ६ गते पद तथा गोपनियताको शपथ गराए ।

शपथ कार्यक्रममा राष्ट्र बैंकका साथै बंगलादेश बैंकका उच्च पदस्थ अधिकारीहरु पनि उपस्थित थिए।

हाल यस बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, र ८४ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स