इच्छाराजले ३५ दिन भित्र ऋण नतिरे सुन्धाराको सिटिसी मल लिलामी हुने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ऋण रकम ३५ दिनभित्र भुक्तानी गर्न भन्दै सूचना निकालेको छ ।

कोषले सोमबार एक सूचना जारी गर्दै सिभिल इन्टेट्स प्रालिले लिएको ऋण रकम ३५ दिनभित्र भुक्तानी गर्न भन्दै सूचना निकालेको हो।

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा उनी अहिले हिरासतमा रहेका छन् ।

३५ दिन भित्र ऋण नतिरे उनको धितोका रुपमा रहेको सुन्धाराको सिटिसी मल लिलामी हुने कोषले बताएको छ ।

कोषले व्यक्तिगत जमानी दिने तामाङसहित केशवलाल श्रेष्ठ, प्रवीण मुखिया र लालकाजी गुरुङसहित ८ जनाको नाममा सूचना निकालेको हो।

त्यसबाट लिनुपर्ने रकम असुल उपर नभएमा जमानी दिनेको चल अचल सम्पतीबाट असुल उपर गरिने कोषले जनाएको छ ।

कर्मचारी सञ्चय कोष स्रोतका अनुसार उनले कोषको ८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । ब्युरोको हिरासतमा रहेका तामाङसहित सिभिल सहकारीका १२ जना विरुद्ध ५ अर्बमाथिको ठगीको जाहेरी परेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स