सेयर बजारमा हरियाली, ७.९० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) सेयर कजारमा हरियाली छाएको छ ।

आज नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४३ बिन्दुमा पुगेको छ । त्यस्तै, ७५ लाख ६५ हजारको कित्ता सेयर ३ अर्ब ९२ करोडमा खरिद बिक्रि भएको छ ।

आज ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, अरुण काबेली पावर, हिमाल दोखला हाइड्रोपावर र नबिल बैंक अगाडि छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स