काठमाडौं । नेपालमा सबैभन्दा भरपर्दो र कमजोर नभएको क्षेत्रको रुपमा बैंकिङ क्षेत्रलाई लिने गरिन्छ । यसको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि निकै निगरानीमा राख्ने गरेको कारणले पनि पारदर्शी हुने गरेको र अहिलेसम्म कमजोर नभैसकेको आँकलन छ । विगत केहि वर्षदेखि नेपालको अर्थतन्त्र चलायनमान हुन नसकेको देखिदा पनि बैंकिङ क्षेत्रको नाफा भने निकै राम्रो देखिन्छ ।
अझ वाणिज्य बैंकहरु त नेपालको अर्थतन्त्रको नै मेरुदण्डको रुपमा छन् । वाणिज्य बैंकहरुप्रति जनमानसको समेत अधिक विश्वास रहँदै आएको छ । चाहे त्यो बैंकिङ कारोबार होस् वा सेयर कारोबार नै किन नहोस् । धेरैले विश्वासमा राखेकै छन् ।
तर गत वर्षको नाफाबाट यो वर्ष वितरण गर्ने प्रतिफलमा भने वाणिज्य बैंकले नै निराश बनाइरहेको छ ।
नेपालमा २० वटा वाणिज्य बैंक रहेका छन् । राष्ट्रिय वणिज्य बैंक भने सेयरबजारमा सूचीकृत भएको छैन । बाँकी रहेका वाणिज्य बैंकहरुले अहिले धमाधम प्रतिफल कति वितरण गर्ने वा नगर्ने खालको निर्णयहरु लिइरहेका छन् । हुन त प्रतिफल वितरणको लागि बैंक आफैले सुरुमा निर्णय गर्नुपर्छ । त्यसपछि राष्ट्र बैंकले स्विकृति प्रदान गर्नुपर्छ अनि साधारण सभाले पारित गरेपछि प्रतिफल प्राप्त हुन्छ ।
वाणिज्य बैंकका दोस्रो बजारका सेयरधनीहरु यति विश्वास गर्छन् किन प्रतिफल नै कुरेर बस्नेपनि धेरै छन् ।
तिनीहरुलाई यो वर्ष भने धेरै कम्पनीले निराश बनाएका छन् ।
अहिले सम्मको स्थिति हेर्दा १० वटा वाणिज्य बैंकलदे मात्रै प्रतिफल वितरण गर्न सक्ने निर्णय लिएका छन् । ४ वटा वाणिज्य बैंकले भने वितरण नै नगर्ने बताएकाछन् ।
वितरण गर्ने निर्णय लिएका बैंकहरुको समेत ज्यादै न्युन रहेको देखिन्छ ।
यसो हुनुमा बैंकहरुले वितरण योग्य नाफा नै नरहेको वा कमजोर रहेको बताएका छन् । रहेको वितरण योग्य नाफालाई नै आधार मानेर निर्णय लिनु परेको बैंकहरुको भनाई छ ।
कुन बैंकको कति बाड्दैछन् प्रतिफल ?
स्ट्यान्डर्ड चार्टर्ड बैंकः ६ प्रतिशत बोनस र १९ प्रतिशत नगद कुल २५ प्रतिशत लाभांश
एभरेष्ट बैंकः १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश कुल १५.५३ प्रतिशत लाभांश
एसबीआई बैंकः ३.८ प्रतिशत बोनस र ६.८५ नगद लाभांश कुल १०.६५ प्रतिशत लाभांश
नबिल बैंकः १० प्रतिशत नगद लाभांश
सानिमा बैंकः ५.२६ प्रतिशत नगद लाभांश
ग्लोबल आइएमई बैंकः ५ प्रतिशत बोनस सेयर
प्राइम कमर्सियल बैंकः ५ प्रतिशत नगद लाभांश
सिटिजन्स बैंकः ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश
सिद्धार्थ बैंकः४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश
प्रभु बैंकः शुन्य
माछापुच्छ्रे बैंकः शुन्य
एनएमबी बैंकः शुन्य
हिमालयन बैंकः शुन्य