वेष्ट फाइनान्सको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व रहेको १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

इच्छुक कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारत समयभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेलदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स