काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा पोखराबाट नेपालकै पहिलो प्रिमियम ७–सिटर प्रिमियम एमपीभी बीवाईडी एम६ लन्च गरेको छ ।
फेस्टिभलको औपचारिक उद्घाटनका साथ सो लन्च कार्यक्रम सम्पन्न भएको थियो, जसले इनोभेसन र सस्टेनेबिलिटीको रोमाञ्चक प्रदर्शन समेत दर्शाएको थियो ।
गत डिसेम्बर ११ अर्थात मंसिर २६ देखि प्रि–बुकिङ प्रारम्भ गरिएको बीवाईडी एम६ प्रति ग्राहकहरुले दर्शाएको उत्साहजनक प्रतिक्रियाका कारण दुई साताकै बिचमा लन्च इभेन्टमार्फत १०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ ।
यो माइलस्टोनले नेपालको ईभी बजारमा बीवाईडीको नेतृत्व झल्काउनुका साथै नेपालमा सस्टेनेबल मोबिलिटी सोलुसनको बढ्दो मागलाई समेत देखाउँछ ।
‘बियोन्ड लिमिट्स’ ट्यागलाइनका साथ उपलब्ध बीवाईडी एम६ एक क्रान्तिकारी मल्टी–परपोज भेइकल (एमपीभी) हो, जुन अतुलनीय कम्फर्ट, स्पेस र एड्भान्स्ड टेक्नोलोजीका साथ उपलब्ध छ र फेमिली ट्राभललाई पुनःपरिभाषित गर्ने गरी डिजाइन गरिएको छ । ५८ लाख ९ हजार मूल्यका साथ उपलब्ध बीवाईडी एम६ ले नेपाली ग्राहकलाई असाधारण मूल्य प्रदान गर्ने विश्वास गरिएको छ ।
बीवाईडी एम६ का स्पेक र फिचर
– रेन्ज – सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज (डब्लुएलटीपी)
– ब्याट्री – सुरक्षा र दक्षताका लागि लोकप्रिय ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री
– चार्जिङ – ० देखि ८० प्रतिशत सम्मको चार्ज ४० मिनेटमै हुने
– सिटिङ अप्सन – स्पेसियस ७ सिटर
बीवाईडीको विश्वव्यापी प्रतिबद्धता अनुसारको इनोभेसन, सस्टेनेबिलिटी र एड्भान्स्ड टेक्नोलोजी अनुसारको प्रतिनिधि बीवाईडी एम६ हो । स्लिक एरोडाइनामिक डिजाइन, आकर्षक क्याबिन अनुभव र अत्याधुनिक सेफ्टी सिस्टम जस्ता फिचरका कारण एमपीभी सेगमेन्टमा एम६ एउटा नयाँ बेन्चमार्क बन्ने छ ।
डिजाइन र कम्फर्ट
– एक्सटेरियर – स्लिक एरोडाइनामिक लाइन र क्रिस्टल डायमन्ड फ्लोटिङ एलईडी हेडलाइटका कारण कमान्डिङ र एलिगेन्ट स्ट्यान्स
– इन्टेरियर – ब्ल्याक एन्ड ब्राउन टु–टोन लक्जरियस इन्टेरियर, भेन्टिलेटेड फ्रन्ट सिट, रोटेटेबल १२।८ इन्च इन्फोटेनमेन्ट डिस्प्ले र १.४२ वर्गमिटर खुलापन सहितको प्यानोरामिक ग्लास रुफ
– कार्गो फ्लेक्जिबिलिटी – फोल्डेबल थर्ड–रो सिट र स्प्लिट मिडिल सिट (६०ः४००, ५८) लिटर सम्मको बुट स्पेस ।
टेक्नोलोजी र सेफ्टी
– पावरट्रेन – सिमलेस एफिसियन्सीका लागि एड्भान्स्ड ८–इन–१ इलेक्ट्रिक पावरट्रेन
– सेफ्टी – ६ एयरब्याग, एबीएस, ईपीएफ, ईबीडी र एडीएएस
– अन्य फिचर – भीटीओएल (भेइकल टु लोड) टेक्नोलोजी, वायरलेस फोन चार्जिङ, भ्वाइस असिस्टेन्स र पीएम २.५ फिल्ट्रेसन सिस्टम ।
सो अवसरमा बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘नेपालमा फेमिली ट्राभलका लागि बीवाईडी एम६ एक गेम चेन्जर बन्ने छ, जुन लक्जरी, सस्टेनेबिलिटी र एड्भान्स्ड टेक्नोलोजीको बेजोड मिश्रण हो । बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल नेपाल २०२४ को अवसरमा गरिएको ग्रान्ड लन्चले हाम्रो वातावरणीय उत्तरदायित्वप्रतिको भिजनलाई दर्शाएको छ । विवेकी नेपाली ग्राहकलाई क्रान्तिकारी सवारी साधन उपलब्ध गराउन पाउँदा हामी उत्साहित बनेका छौ ।’
इलेक्ट्रिक भेइकलमार्फत सस्टेनेबल मोबिलिटीप्रति देशलाई रुपान्तरण गराउने मिसनको अग्रभागमा साइमेक्स इंक रहेको छ । बीवाईडी एम६ को लन्चले लक्जरी, परफर्मेन्स र इको–फ्रेन्डको संयोजन रहेको अत्याधुनिक इलेक्ट्रिक भेइकल नेपाली परिवारलाई उपलब्ध गराउने प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।
देशभर रहेका बीवाईडी नेपालका शोरुमहरुमा बुकिङका लागि बीवाईडी एम६ उपलब्ध छ । नेपालकै पहिलो प्रिमियम इलेक्ट्रिक एमपीभी ‘बियोन्ड लिमिट्स’ अनुभव गर्ने अवसर नछुटाउनु हुन अनुरोध छ ।