डोमिनार २५० बाइक भएका ग्राहकले निः शुल्क जोमसोम घुम्न पाउने

काठमाडौं । डोमिनारको आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले ग्राहकको लागि निःशुल्क मुस्ताङ राइड आयोजना गर्ने भएको छ । कम्पनीले डोमिनार २५० बाइकलाई लक्षित गर्दै यो राइड आयोजना गर्न लागेको हो ।

जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो । राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ ।

यसमा सहभागी हुन राइडरसँग डोमिनार बाइक हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स