काठमाडौं । आज बुधबार पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको पनि आज मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर लगायत केही मुद्रा भने सस्तिएका छन्।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा थियो।
आज युरो एकको खरिदर एक सय ४१ रुपैया ४७ र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ३२ र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ७९ र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ७८ पैसा थियो।