नेप्सेमा दुई लघुवित्तसहित ४ कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्तसहित ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार, चार कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १७२२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १५०७.२२ रुपैयाँ कायम भएको छ ।

आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७३७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ६७३.०६ रुपैयाँ कायम भएको छ ।

कुथेली बुखेरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य २७०९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य २४६२.७३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७२८.२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ६३३.२२ रुपैयाँ कायम भएको छ ।

योसँगै,अब बिहीबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ । भोलि बुधबार सार्वजनिक बिदाले गर्दा सेयर कारोबार बन्द रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स