करिब साढे ५ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २७ लाख ४६ हजार कित्ता सेयर ५ अर्ब २० करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरको १९ करोड २७ लाख, नेपाल फाइनान्सको ९ करोड ५२ लाख, माउन्टेन इनर्जीको ८ करोड ६३ लाख, न्यादी हाइड्रोपावरको ८ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स