काठमाडौं । आज सोमबार अमेरिकी डलरको मूल्य घटबढ भएको छैन अर्थात स्थिर रहेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा छ।
विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
आज युरो एकको खरिदर एक सय ४१ रुपैया ५७ र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८४ र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ५० र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा थियो।