राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको सांसद पद निलम्बन, कास्की प्रहरीले काट्यो पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पद निलम्बन हुने भएका छन्।

कुनै पनि सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएपछि पदबाट निलम्बित हुने कानुनी प्रावधान रहेकाले लामिछानेको सांसद पद पनि निलम्बन हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले रविलाई निलम्बन प्रयोजनका लागि सभामुख देवराज घिमिरेलाई जानकारी गराएको हो ।

रविविरुद्ध आजै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी प्रमुख एवं उपरीक्षक श्यामबाबु ओलियाले सभामुखलाई सम्बोधन गरी लेखेको पत्रमा संसद सचिवालयमा पुगिसकेको छ।

लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सहकारी ऐन २०६४ को दफा ५० को उफदफा ६ विपरीतको काम गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सहकारी ऐनको दफा ५० को उपदफा ६ मासहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्न बाहेक अचल सम्पत्ति खरिद पूर्वाधार निर्माण कारोबारमा लगानी फर्म वा कम्पनी वा कुनै बैंकको सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपभोग गर्न नहुने उल्लेख छ ।

लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा संगठितरूपमा समूह बनाइ सहकारीको बचत हिनामिना गरी ल्याई उक्त रकम प्रयोग गर्नुका साथै लामिछानेले दस्तखत गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र स्वर्ण लक्ष्मी बहुउद्देशीय सहकारी संस्थालाई भुक्तानी दिएको देखिरहेकाले सहकारी ऐन विपरीको कसुर गरेको प्रहरीको दाबी छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स