अबको १ वर्षमा मूल्यवृद्धि दोहोरो अंकमा पुग्छ : राष्ट्र बैंक (सर्वेक्षणसहित)

काठमाडौं । अबको १ वर्षमा नेपालको अपेक्षित मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने रिपोर्ट नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बैंकले १ वर्षको अवधिमा अपेक्षित मूल्यवृद्धिको मध्यक १०.३ प्रतिशत पुग्ने देखाएको छ ।

यसैगरी मध्यिका विधिबाट गरिएको सर्वेक्षण भने औसत मूल्यवृद्धि भने ९ प्रतिशतको हाराहारीमा रहने प्रतिवेदनमा उल्लेख छ । आगामी ३ महिनासम्म नेपालको मध्यक मूल्यवृद्धि भने ९.६ प्रतिशत रहने अपेक्षा छ ।

मध्यिका मुद्रास्फीति ८ प्रतिशत रहने जनाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेक्षणले दोहोरो अंकमा मूल्य वृद्धि रहेको देखाएको हो ।

राष्ट्र बैंकले २०७२ सालमा नेपालको औसत मूल्यवृद्धि ९.९ प्रतिशत भएको जनाएको थियो । बजार सर्वेक्षणमा आम नागरिकसँग सोधिएको प्रश्नका आधारमा यस्तो नतिजा राष्ट्र बैंकले यस्तो नतिजा निकालेको हो ।

अघिल्लो वर्ष पनि राष्ट्र बैंकले यस्तै सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणले पनि चालु आर्थिक वर्षको मुद्रास्फीति ९ प्रतिशत भन्दा धेरै रहने अपेक्षा रहेको देखाएको थियो ।

तर, बजार सर्वेक्षणले भने असोज महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत मात्रै रहेको देखाएको छ ।

यस्तो छ सर्वेक्षण

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/IESN-207879Q1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स