नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता सेयरको मूल्य ४०८ रुपैयाँ ४९ पैसा, साधारणसभामा यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल इन्भृेष्टमेन्ट बैंकले यहि मंसिर १७ गते साधारणसभा डाकेको छ । सो प्रयोजनका लागि आज सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेकोे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १२.६१ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । बैंकको सेयर पछिल्लो पटक ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बैंकले मंसिर १७ गते केन्द्रिय कार्यालयमा ३५ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभामा भिडियो कन्फरेन्समार्फत पनि सहभागि हुन सक्ने व्यवस्था गरिएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स