जन्ती बोकेको बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बैतडी सदरमुकाम गोठालापानीबाट त्रिपुरासुन्दरीका लागि छुटेको जन्ती बोकेको म १ ज ३१० नम्बरको बोलेरो जीप कलुवामोडमा दुर्घटना भएको हो । सो जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । उनका अनुसार देहीमाण्डुबाट जन्ती बोकेर जादै गरेको जीप दशरथचन्द नगरपालिकाको कलुवामोडमा दुर्घटनामा परेको हो ।

प्रहरी घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको छ । तर राती भएका कारण जीप दुर्घटनामा घाइते भएकाको उद्धारमा समस्या भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स