काठमाडौं । देशभर गहुँ अभाव रहेको छ । मैदा मिलदेखि सर्वसाधारणले उपभोग गर्ने गहुँ समेत अभाव भैरहेको छ । विदेशबाट चोरी पैठारी हुँदै आइरहेको चर्चा समेत हुने गरेको छ ।
तर सरकारले बैधानिक रुपमा कोटा भने वितरण गर्न सकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा वितरणको लागि प्रस्ताव मन्त्रीपरिषद्मा पुर्याइसकेपनि त्यसको निर्णय भने हुन सकेन ।
जसको कारण चोरी पौठारीलाई टेवा पुगिरहेको व्यपारीहरुको बुझाई छ ।
सरकारले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग माफर्त कोटा वितरणको तयारी गरिएपनि मन्त्रीपरिष्दको बैठकले नै निर्णय गर्न सकिरहेको छैन ।
पछिल्लो समय गहुँको अभाव भैरहेको छ । मैदा उद्योगहरुमा तथा अन्यन्त्र समेत आँटाको रुपमा प्रयोग गर्न गहुँ देशभर अभाव छ । सरकारले कोटा प्रदान गरेर सहजीकरण भन्दै सरोकारवालाहरुसँग उद्योग मन्त्री दामोदर भण्डारीले नै छलफल गरेका थिए । तर त्यसको निर्णय भने भएन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार चालू आर्थिक वर्षको लागि कोटा प्रदान गर्ने तयारी सुरु गरिएको हो । मनत्री परिषद्बाट निर्णय समेत गराउने भनिएको हो । तर करिव १ महिना हुँदा समेत निर्णय हुन सकेन ।