चार बैंकको साधारणसभा यहि मंसिरमा, अन्यको कहिले ?

काठमाडौं । मंसिर महिनामा ४ वटा वाणिज्य बैंकले साधारणसभा गर्ने भएका छन् । बैंक अफ काठमाडौं, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्याण्डर्ड चार्टड बैंकले भने यहि मंसिरमा साधारणसभा गर्ने भएका छन् ।

मंसिर १७ गते साधारणसभा डाकेको नेपाल इन्भेष्टमेन्ट बैंकको भोलि सोमबारदेखि बुकक्लोज हुँदैछ । बैंकले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १२.६१ प्रतिशत बोनस सेयर र ३.३९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

ग्लोबल आईएमई बैंकले यहि मंसिर २७ गते साधारणसभा गर्ने मिति सार्वजनिधक गरेको छ । बैंकले साढे १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सो लाभांश मध्ये १० प्रतिशत बोनस सेयर हो भने ३.५० प्रतिशत नगद लाभांश हो । ग्लोबल आईएमई बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गर्ने भएको छ ।

स्ट्याण्डर्ड चार्टड बैंकले मसिर २८ गते र बैंक अफ काठमाडौंले मंसिर २९ गते साधारणसभा आयोजना गर्ने भएको छ । यी दुई बैंकमध्ये बैंक अफ काठमाडौंको लाभांश १४ प्रतिशत रहेको छ भने स्ट्याण्डर्ड चाटर्ड बैंकको लाभांश १३.०६ प्रतिशत रहेको छ । साधारणसभाको लागि बैंक अफ काठमाडौं स्टयाण्डर्ड चाटर्ड बैंकले मंसिर १० गते बुकक्लोज गर्ने जनाएका छन् ।

यस अघि सिटिजन्स इन्टरनेशनल बैंक र कुमारी बैंकले असोज १६ गते नै साधारणसभा गरिसकेको छ । यी दुई वाणिज्य बैंकहरूले बैंकहरूमा सबैभन्दा पहिला साधारणसभा गरेको हुन् । माछापुच्छ्रे बैंकले पनि कार्तिक २६गते साधारणसभा गरेको छ भने बंगलादेश बैंकले मंसिर २ गते साधारणसभा गरेको छ ।

२७ वाणिज्य बैंकमध्ये ४ वटाले साधारण सम्पन्न गरिसकेका छन् भने ४ वटाले यहि मंसिरमा गर्ने मिति तय गरेका छन् । १३ वाणिज्य बैंकले अझै साधारणको मिति तय गर्न सकेका छैनन् भने ६ वटा बैंकले लाभांश समेत प्रस्ताव गर्न सकेका छनन् ।

लाभांश घोषणा हुन बाँकी बैंकहरूमा कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक , सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । पाँच बैंक नेप्सेमा सूचीकृत रहेपनि राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंकका १ प्रतिशत सेयरधनी छन् । एनआईडीसीलाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गरेपनि सो सेयरका विषयमा अहिलेसम्म केही टुंगो लाग्न सकेको छैन ।

नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टड, र बैंक अफ काठमाण्डूको बुकक्लोज हुन बाँकी रहेको छ । लाभांश घोषणा गरेर बुकक्लोज हुन बाँकी १३ बैंक छन् । भोलि सोमबार नेपाल इन्भेष्टमेन्ट बैंकको बुकक्लोज हुँदैछ । आम लगानीकर्ताले १७ बैंकमा लगानी गर्दा अझै लाभांश पाउने देखिएको छ ।

हालसम्म प्रस्तावित लाभांशमा नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत (३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद) लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले सबैभन्दा कम ७ प्रतिशत (६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका २१ वाणिज्य बैंकको औषत लाभांश १५.५४ प्रतिशत देखिएको छ । जसमा बोनस सेयर औषतमा १३.०१ प्रतिशत र नगद लाभांश औषतमा २.५३ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स